• २०८१ बैशाख ८ शनिबार

टी-२० सिरिजमाथि श्रीलंकाको कब्जा, पाकिस्तानको लगातार दोस्रो हार  

kharibot

काठमाडौँ । श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टी-२० खेल जितेर सिरिजमाथि कब्जा गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले ३५ रनले खेल जितेको हो ।

श्रीलंकाले दिएको १८३ रनको लक्ष्य पछाएको पाकिस्तानी टिम १९ ओभरमा १४७ रन बनाउदा अल आउट भएपछि श्रीलंका ३५ रनले विजयी भएको हो ।

पाकिस्तानका लागि इमाद वाशिमले सर्वाधिक ४७ रन बनाए भने असिफ अलीले २९, कप्तान सरफराज अहमदले २६ र अहमद शेह्जादले १३ रन बनाए ।

श्रीलंकाका बलर नुवान प्रदीपले सर्वाधिक ४ विकट लिए भने वनिन्दु हसरंगाले ३ विकेट लिए । त्यस्तै इसरु उदानाले २ विकेट लिए भने कसुना राजिथाले एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो । श्रीलंकाका लागि भानुका राजापाक्षेले सर्वाधिक ७७ रन बनाए भने शेहान जयसूर्याले ३४ रन बनाए । त्यस्तै दसुन शंकाले २७, दनुश्का गुनाथिलाकाले १५ रन बनाए ।

पाकिस्तानी बलर इमाद वाशिम, वाहब रियाज र शदाब खानले एक एक विकेट लिए ।

३ खेलको टी-२० सिरिजमा श्रीलंका २-० ले अगाडी भएको छ भने सिरिजमा कब्जा समेत गरेको छ । अब सिरिजको अन्तिम खेल बुधबार हुने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै