हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

खरीबोट

सप्तरी । सप्तरीमा एक ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा पक्राउ परेका छन् ।

कुटपिटबाट मृत्यु भएपश्चात् फरार महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

आइतबार राति मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु भएको बताइएको छ ।

गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मो. इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।

आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

सम्बन्धित समाचार

२० वर्षपछि बाबुको हत्यारा पक्राउ

काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।  ब्यूरोको टोलीले विसं २०५७ चैत २९ गते काभ्रेपलाञ्चोक नवोबुद्ध नगरपालिका–११ स्यामपाटीको

एक सय ९१ तोला चाँदीसहित एक जना पक्राउ

हेटौँडा । प्रहरीले भन्सार छलेर ल्याएको १ सय ९१ तोला चाँदीको गरगहना सहित एक जनालाई पक्राउ गरेको छ । ना१४प २८३६ नं को मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा चाँदीको गरगहना सहित प्रहरीले

नक्कली नोट बनाउने तीन जना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने तीन जनालाई नोट बनाउन प्रयोग हुने बिभिन्न समानहरूसहित पक्राउ गरेको  छ । प्रहरीले आज बिहान  साढे ५ बजे काठमाण्डौ गोकर्णेश्वर नगरपालिका ६

मालपोतका खरिदारसहित दुई जना घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदारसहित दुई जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारले मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढि


z