भौतिकशास्त्र र चिकित्साशास्त्रको यसबर्षको नोबेल पुरस्कारको घोषणा

खरीबोट

जेनेभा ।  यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।

उनीहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहेका छन् । 

जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ ।

विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ, “दुबै स्वीस बैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गरेका छन् । उहाँहरुले वर्तमान सौर्यमण्डल बाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाउनुभएको थियो । यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ ।”

अहिले वर्तमान सौर्यमण्डल बाहिर झण्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ ।

यसैगरी, सन् २०१९ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई जना अमेरिकी र एक जना बेलायती वैज्ञानिकलाई प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई मानव शरीरका कोषहरुको खोज एवं अनुसन्धान गरेबापत उक्त पुरस्कार दिइएको हो । रक्तअल्पता, क्यान्सर र अरु प्राणघातक रोगहरुसँग लड्न नयाँ खोजले सघाउने नोबेल समितिले जनाएको छ ।

यो पुरस्कार प्राप्त गर्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा विलियम जी काइलिन जुनियर, जोन्स हप्किन्स विश्वविद्यालयका ग्रेग एल सेमेन्जा र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका पिटर जे राचक्लिफ रहेका छन् । 

सन् १९०१ यता यो पुरस्कार ११०औं पटक प्रदान गर्न लागिएको हो ।

सम्बन्धित समाचार

नोबेल पुरस्कार विजेताले गरिब विद्यार्थीलाई पढाउने

देहरादुन । नोबेल पुरस्कार विजेता भारतीय मुलका अमेरिकी अर्थशास्त्री अभिजीत वनर्जीले गरीब दुई विद्यार्थीलाई पढाउने प्रतिवद्धता जनाएका छन् । वनर्जीले जोगिवालामा गरिब दुई विद्यार्थीलाई विद्यालय शिक्षाका लागि सहयोग गर्ने बताएका

दालले कसरी दिलायो अभिजीत र एस्टरलाई नोबेल पुरस्कार ?

काठमाडौँ । अभिजीत बेनर्जी, एस्टर ड्यूफ़्लो र माइकल क्रेमरलाई ग़रीबी मेटाउनको लागि गरेको प्रयासको करण यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ । योभन्दा पहिला अमर्त्य सेनलाई पनि गरीबी उन्मूलनको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा

स्टकहोम । यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार छनौट समितिले भारतीय मुलका अर्थशास्त्री अभिजित बेनर्जी उनकी पत्नी एस्थर डफ्लो र

शान्तिका लागि नोबेल पुरस्कार इथोपियाका प्रधानमन्त्री अलीले जिते 

काठमाडौँ । शान्तिका लागि यस बर्षको नोबेल पुरस्कार इथोपियाका प्रधानमन्त्री अबी अहमद अलीले पाएका छन् । नर्बेजियन नोबेल पुरस्कार कमिटिले यस बर्ह्सको शान्तिका लागि नोबेल पुरस्कार अलीलाई दिने घोषणा गरेको हो


z