रियलले नेइमारलाई साइन गर्छ भनेर डराएको थिए – मेसी

खरीबोट

काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले नेइमार रियल म्याड्रिड जान्छनकी भनेर आफु डराएको बताएका छन् ।

मेसीले नेइमारलाई बार्सिलोना भित्र्याउने प्रयास असफल भएपछि नेइमार रियल जाने हुनकी भन्ने डर आफुलाई लागेको बताएका छन् ।

यस सिजन अघि नेइमारले पिएसजी छोड्ने निकै चर्चा र प्रयास भएपनि उनको पिएसजी छोड्ने योजना असफल भएको थियो । आउदो जनवारी ट्रान्सफर विन्डोमा नेइमारले पिएसजी छोड्न सक्ने बताइएको बेला मेसीले बार्सिलोनाले फेरी नेइमारलाई लैजाने प्रयास गर्ने संकेत दिएका छन् ।

रियल म्याड्रिडले समेत नेइमार लैजाने प्रयास गरिरहेका बेला मेसीले पत्रकारहरुले नेइमार बारे सोधेको प्रश्नको जवाफ दिदै भनेका छन् – 'यदि नेइमार बार्सिलोना आएनन् भने मैले साच्चै सोचेको थिए की नेइमार रियल म्याड्रिड नै जान्छन् । किनकी उनले पिएसजी छोड्न खोजेका थिए । र फ्लोरेन्टिनो पेरेज र रियल म्याड्रिडले नेइमारलाई साइन गर्न केहि गर्छन् जस्तो लागेको थियो ।'

नेइमारले यस सिजनका लागि पिएसजीबाट ढिलो खेल्न शुरु गरेपनि ५ खेलमा ४ गोल गरेका छन् भने ३ खेलमा निर्णायक गोल गरेर पिएसजीलाई जिताएका थिए ।

अहिले यस सिजन अगाडी बढी रहेका बेला फेरी नेइमार बार्सिलोना जाने विषयले चर्चा पाउन थालेको छ ।        
 

सम्बन्धित समाचार

बार्सिलोनामा नेइमार नफर्कियोस भन्नेहरु छन् – मेसी 

काठमाडौ । लियोनेल मेसीले बार्सिलोनाका केहि सदस्य नेइमार बार्सिलोना नफर्कियोस भन्ने चाहेको बताएका छन् । मेसीले नेइमारको बार्सिलोना फर्किने सम्भावनाका बारेमा बोल्दै मेसीले बार्सिलोनामा केहि मानिसहरु नेइमारलाई फर्काउने कुराको विरोध गरिरहेको

मेसीको राष्ट्रिय टिममा व्यग्रताका साथ प्रतिक्षा गरिएको छ – प्रशिक्षक स्कलोनी 

काठमाडौँ । लियोनेल मेसी अर्को महिना अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किने भएका छन् । अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कलोनीले मेसी नोभेम्बरमा राष्ट्रिय टिममा फर्किने बताएका छन् । हाल राष्ट्रिय टिममा प्रतिबन्धका कारण टिम बाहिर

मेसी बिना अर्जेन्टिनाले जर्मनीसँग बराबरी खेल्यो 

काठमाडौँ । जर्मनी र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । गएराती सम्पन्न खेलमा दुवै देश २-२ गोलको बराबरीमा रोकिएका हुन् । खेलको १५ र २२औ मिनेटमा गोल गरेर २-० को

रियलले नेइमारलाई साइन गर्छ भनेर डराएको थिए – मेसी

काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले नेइमार रियल म्याड्रिड जान्छनकी भनेर आफु डराएको बताएका छन् । मेसीले नेइमारलाई बार्सिलोना भित्र्याउने प्रयास असफल भएपछि नेइमार रियल जाने हुनकी भन्ने डर आफुलाई


z