• २०८१ बैशाख ८ शनिबार

रियलले नेइमारलाई साइन गर्छ भनेर डराएको थिए – मेसी

kharibot

काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले नेइमार रियल म्याड्रिड जान्छनकी भनेर आफु डराएको बताएका छन् ।

मेसीले नेइमारलाई बार्सिलोना भित्र्याउने प्रयास असफल भएपछि नेइमार रियल जाने हुनकी भन्ने डर आफुलाई लागेको बताएका छन् ।

यस सिजन अघि नेइमारले पिएसजी छोड्ने निकै चर्चा र प्रयास भएपनि उनको पिएसजी छोड्ने योजना असफल भएको थियो । आउदो जनवारी ट्रान्सफर विन्डोमा नेइमारले पिएसजी छोड्न सक्ने बताइएको बेला मेसीले बार्सिलोनाले फेरी नेइमारलाई लैजाने प्रयास गर्ने संकेत दिएका छन् ।

रियल म्याड्रिडले समेत नेइमार लैजाने प्रयास गरिरहेका बेला मेसीले पत्रकारहरुले नेइमार बारे सोधेको प्रश्नको जवाफ दिदै भनेका छन् – 'यदि नेइमार बार्सिलोना आएनन् भने मैले साच्चै सोचेको थिए की नेइमार रियल म्याड्रिड नै जान्छन् । किनकी उनले पिएसजी छोड्न खोजेका थिए । र फ्लोरेन्टिनो पेरेज र रियल म्याड्रिडले नेइमारलाई साइन गर्न केहि गर्छन् जस्तो लागेको थियो ।'

नेइमारले यस सिजनका लागि पिएसजीबाट ढिलो खेल्न शुरु गरेपनि ५ खेलमा ४ गोल गरेका छन् भने ३ खेलमा निर्णायक गोल गरेर पिएसजीलाई जिताएका थिए ।

अहिले यस सिजन अगाडी बढी रहेका बेला फेरी नेइमार बार्सिलोना जाने विषयले चर्चा पाउन थालेको छ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै