• २०८१ बैशाख १४ शुक्रबार

एम्बाप्पेले फ्रान्सको युरो छनौटका दुई गोल खेल गुमाए

kharibot

काठमाडौं । किलीयन एम्बाप्पेले यसै साता हुने फ्रान्सको युरो छनौटका दुई खेल गुमाउने भएका छन् ।

एम्बाप्पेले इन्जुरीका कारण राष्ट्रिय टिमबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

एम्बाप्पेले युरो २०२० को छनौट अन्तर्गत अक्टोबर १२ मा आइसल्याण्ड र अक्टोबर १५ मा हुने टर्कीविरुद्धको खेल नखेल्ने फ्रेन्च फुटबल फेडेरेशनले जानकारी दिएको छ ।

एम्बाप्पे नखेल्ने भएपछि उनको ठाउमा बोर्सिया मोनचेंगलाडवाचका स्ट्राइकर अलास्सने प्लीलाई टिममा बोलाइएको छ ।

इन्जुरीका कारण एम्बाप्पेले पिएसजीका खेलहरु समेत गुमाएका छन् । उनी एक महिना भन्दा बढी बाहिर भएका थिए ।

इन्जुरीबाट फर्किएका एम्बाप्पे सेप्टेम्बर २८ मा टिममा फर्किएपनि उनी फेरी घाइते भएका थिए ।

यस सिजनमा एम्बाप्पेले पिएसजीबाट ४ खेल खेल्दै २ गोल गरेका छन् भने २ गोल असिस्ट गरेका छन् ।     
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै