चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार या आइतबार नेपाल आउने 

खरीबोट

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार या आइतबार नेपाल भ्रमणमा आउनसक्ने बुझिएको छ ।

उनी १२ अक्टोबरमा भारत भ्रमण पूरा गरी नेपाल भ्रमणमा आउने गरी सरकारको उच्च तहमा जानकारी आएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले सी को भारत भ्रमणको औपचारिक मिति आज सार्वजनिक हुने उल्लेख गरेका छन् । जस अनुसार उनी शुक्रबार र शनिबार भारतमा रहनेछन् । शनिबार साँझ या आइतबार विहान सी नेपाल आउने सम्भावना रहेको छ ।

परराष्ट्र मन्त्रालयमा उनको सम्भावित भ्रमण मितिबारे जानकारी आइसकेको छ । तर, सुरक्षा संवेदनशीलताई दृष्टितगरी खुलाइएको छैन ।

सी केही घन्टाका लागि मात्र नेपाल रहनेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटवार्ता गर्नेछन् ।

सी जिनपिङले नेपाल भ्रमण गरेमा दुई दशकपछि नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति बन्नेछन् । 

चीनमा माओत्सेतुङ पछि सीलाई सर्वाधिक शक्तिशाली रुपमा स्थापित हुन सकेका युगका नेताका रुपमा लिइन्छ ।
 

सम्बन्धित समाचार

सी जिनपिङ काठमाडौँमा, राष्ट्रपतिद्वारा स्वागत

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति सी भारतको चेन्नईबाट काठमाडौँ आज अपराहन्न काठमाडौँ आइपुगेका हुन् । भारतको दुई दिने भ्रमणका लागि

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार या आइतबार नेपाल आउने 

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार या आइतबार नेपाल भ्रमणमा आउनसक्ने बुझिएको छ । उनी १२ अक्टोबरमा भारत भ्रमण पूरा गरी नेपाल भ्रमणमा आउने गरी सरकारको उच्च तहमा जानकारी आएको

सी जिनपिङ र पुटिनबीच दक्षिण अफ्रिकामा भेटवार्ता

जोहानेसबर्ग। चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ ।  चिनियाँ राष्ट्रपति चिनपिङ र रुसी राष्ट्रपति पुटिन गएको बुधबारदेखि ब्रिक्सको १०औँ सम्मेलनका क्रममा दक्षिण अफ्रिकामा

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता 

बेइजिङ । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच दुई देशको


z