• २०८१ बैशाख ८ शनिबार

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार या आइतबार नेपाल आउने 

kharibot

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार या आइतबार नेपाल भ्रमणमा आउनसक्ने बुझिएको छ ।

उनी १२ अक्टोबरमा भारत भ्रमण पूरा गरी नेपाल भ्रमणमा आउने गरी सरकारको उच्च तहमा जानकारी आएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले सी को भारत भ्रमणको औपचारिक मिति आज सार्वजनिक हुने उल्लेख गरेका छन् । जस अनुसार उनी शुक्रबार र शनिबार भारतमा रहनेछन् । शनिबार साँझ या आइतबार विहान सी नेपाल आउने सम्भावना रहेको छ ।

परराष्ट्र मन्त्रालयमा उनको सम्भावित भ्रमण मितिबारे जानकारी आइसकेको छ । तर, सुरक्षा संवेदनशीलताई दृष्टितगरी खुलाइएको छैन ।

सी केही घन्टाका लागि मात्र नेपाल रहनेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटवार्ता गर्नेछन् ।

सी जिनपिङले नेपाल भ्रमण गरेमा दुई दशकपछि नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति बन्नेछन् । 

चीनमा माओत्सेतुङ पछि सीलाई सर्वाधिक शक्तिशाली रुपमा स्थापित हुन सकेका युगका नेताका रुपमा लिइन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै