चितवनमा बस दुर्घटना : ३८ जना घाइते, एकको अवस्था गम्भीर

खरीबोट

मुग्लिन । चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२:३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो ।

घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् ।

बसमा करिब ४५÷४६ जना सवार रहेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सम्बन्धित समाचार

दुर्घटनामा प्रहरी जवानको मृत्यु

विराटनगर । सुनसरीको दुहवीमा आज भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्युहुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन रेग्मी रहेको

डोटीमा बस दुर्घटनाः ११ यात्रु घाइते

डोटी । जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख ८२३५ नं

पाल्पामा ट्रक दुर्घटना : एकको मृत्यु, छ घाइते

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजारबाट नजिकै भएको ट्रक दुर्घटनामा एकको मृत्यु भएको छ । आज साँझ लु१ख ९२०२ नम्बर ट्रक दुर्घटनामा छ जना घाइते भएका छन् । गुल्मीबाट बुटबलका लागि

चितवनमा दुर्घटनामा एकको मृत्यु, दुई घाइते

भरतपुर । चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ना१३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको


z