काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी शनिबार दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउने भएका छन् ।
राष्ट्रपति सी जिनपिङ शनिबार काठमाडौँ आउने र आइतबार फर्किने मिति तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति सीले भ्रमणका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति सीले चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीसँग दुई पक्षीय उच्च स्तरीय छलफल गर्ने भएका छन् । छलफल पछि दुई पक्षीय सम्झौता र एमओयुमा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सी जिनपिङले नेपाल भ्रमण गरेमा दुई दशकपछि नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति बन्नेछन् ।