• २०८१ बैशाख १३ बिहीबार

आयरल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै  

kharibot

काठमाण्डौ । ओमान जारी पेन्टागुलर टी-२०  सिरिज अन्तर्गत नेपालले आज टेस्ट राष्ट्र आयरल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ ।

आयरल्याण्डविरुद्ध नेपालले टस हारेको छ । आयरल्याण्डका कप्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् ।   

प्रतियोगितामा नेपाल अपराजित रहेको छ । नेपालले अहिलेसम्म खेलेका दुई खेलमा जित हात पार्दै तालिकामा चार अंक बनाएको छ ।

पहिलो खेलमा हङ्कङलाई चार विकेटले पराजित गरेको नेपालले नेदरल्याण्ड्सलाई पनि चार विकेटकै रोमाञ्चक जित निकालेको थियो ।

सिरिज जित्नका लागि आयरल्याण्डविरुद्धको खेल महत्वपूर्ण हुनेछ । यदी नेपालले आयरल्याण्डलाई हराएको खण्डमा टेष्ट मान्यता टिमविरुद्द पहिलो जित निकालेर इतिहास रच्नेछ ।

टेस्ट वरियताको १२औं स्थानमा रहेको आयरल्याण्ड एकदिवसीय वरियताको ११औं स्थानमा छ ।

लाइभ भिडियो :

टि–२० वरियतामा भने आयरल्याण्ड नेपालभन्दा पछि छ । नेपाल १२औं स्थानमा छ भने आयरल्याण्ड १५औं स्थानमा छ । २ खेलमा २ मा नै जित निकालेको नेपाली टिम नेदरल्याण्ड्सविरुद्दको जितपनि उच्च मनोबलमा रहेको छ ।

प्रतियोगितामा नेपालले आज आयरल्याण्ड र भोलि आयोजक ओमानको सामना गर्दै छ । त्यस्तै आयोजक ओमानले आजै नेदरल्याण्डसको सामना गर्दै छ ।  

अहिलेसम्मको खेलमा ओमान ४ अंकसहित रनरेटका आधारमा शिर्ष स्थानमा छ भने आयरल्याण्ड ३ खेलमा ३ खेल जितेर ४ अंक सहितनै दोस्रो र नेपाल २ खेलमा २ खेल जितेर ४ अंकसहित नै तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेदरल्याण्डसले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ भने हङकङले पनि अहिलेसम्म खेलेका ३ वटै खेलमा हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै