काठमाण्डौ । ओमान जारी पेन्टागुलर टी-२० सिरिज अन्तर्गत आयरल्याण्डले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको हो ।
राम्रो शुरुवात गरेको आयरल्याण्डविरुद्ध नेपालले उत्कृष्ट बलिङ गर्दै खेलमा कमब्याक गरेको थियो ।
आयरल्याण्डका लागि पाउल स्टिरलिंगले सर्वाधिक ५९ रन बनाएका थिए । स्टिरलिंगले ४७ बलमा ५९ रन बनाएका थिए । त्यस्तै एन्डी बलबिर्नेले २८ बलमा ३८ रन बनाएका थिए । त्यस्तै स्टुअर्ट थम्पसनले ११ बलमा २१ रन बनाएका थिए । आयरल्याण्डका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए । सन्दीपले अघिल्लो खेलमा शतक बनाएका केभिन ओब्रायनलाई ५ रनमा आउट गरेका थिए । सन्दीपले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए ।
त्यस्तै अविनाश बोहोराले पनि २ विकेट लिएका थिए । अविनाशले ४ ओभरमा २२ रन दिएर २ विकेट लिएका थिए ।
त्यस्तै ललित राजबंशी र करण केसी एक एक विकेट लिएका थिए भने २ विकेट नेपालले रन आउटको रुपमा लिएको थियो ।
नेपालले यस अघि खेलेका दुवै खेलमा जित हासिल गर्दै अपराजित रहेको छ भने आयरल्याण्डले भने ३ खेलमा २ खेलमा जित हासिल गरेको छ ।