• २०८१ बैशाख ७ शुक्रबार

सीको भ्रमणबारे परराष्ट्रमन्त्रीद्वारा राष्ट्रपतिलाई ब्रिफिङ

kharibot

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको दुई दिने राजकीय भ्रमणका लागि यही असोज २५ गते शनिबार अपरान्ह (१२ अक्टोबर काठमाडौं) उत्रने भएका चिनियाँ राष्ट्रपति सी चिन फिङको भ्रमणबारे राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलाई ब्रिफ गर्ने भएका छन् ।

ज्ञवालीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे ब्रिफ गरेका छन् । यसपछि, उनले उपराष्ट्रपतिलाई भेटेर ब्रिफ गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै, उनले आजै अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ब्रिफ गर्ने भएका छन् । चिनफिङ आइतबार अपरान्ह बेइजिङ फिर्नेछन् । उनी ११ अक्टोबर भारत गएर १२ अक्टोबरमा नेपाल आउन लागेका हन् । उच्च स्रोतले दिएको जानकारीअनुसार नेपाली सेनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभाग रहने भनिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका चिनियाँ राष्ट्रपति चिन फिङको नेपाल भ्रमण क्रममा केरुङ–काठमाडौं रेल्वेसहित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई ) का केही नेपाल प्रस्तावित परियोजनामा सम्झौता हुने सम्भावना देखिएको छ ।

राष्ट्रपतिसँगको विशिष्ठ प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार द्वेदेशीय बैठक गर्ने भएको छ । बैठकपछि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । चिनियाँ राष्ट्रपतिको सम्मानमा नेपाली समकक्षी भण्डारीले शनिबार विशिष्ठ रात्रीभोजको आयोजना गर्दै्छिन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै