• २०८१ बैशाख ११ मंगलबार

'वार' को बम्पर कमाई जारी, तोड्यो कैयौ रेकर्ड

kharibot

मुम्बई । गत बुधबार रिलिज भएको अभिनेता ऋतिक रोशन र टाइगर सराफको फिल्म 'वार' ले बक्स अफिस शानदार कमाई गरिरहेको छ ।

फिल्मले रिलिजको सातौ दिन दुई करोडभन्दा बढी कमाई गरेको छ । वारले मंगलबार २७ करोड ७५ लाख कमाई गर्दै भारतीय बक्स अफिसमा २१६ करोड ६५ लाख कमाई गरेको छ ।

फिल्मले रिलिजको ३ दिनमा सय करोड. ५ दिनमा १५० करोड र ७औ दिन २ सय करोड कमाई गरेको छ । 

वारले रिलिजको पहिलो दिन 'वार' ले भारतीय बक्स अफिसमा ५३ करोड ३५ लाखको कमाई गरेको थियो भने दोस्रो दिन २४ करोड ४५ लाख कमाई गरेको थियो  । त्यस्तै वारले रिलिजको तेस्रो तीन २२ करोड ४५ लाख कमाई गरेको थियो । 

पहिलो दिन भारतभर कुल ४ हजार स्क्रिनमा रिलिज गरिएको 'वार' को शुक्रबार देखि थप १५ सय स्क्रिन बढेको बताइएको छ ।

फिल्मले राष्ट्रिय बिदामा सर्वाधिक कमाई गर्ने रेकर्ड बनाएको छ भने अभिनेता ऋतिक रोशन र टाइगर सराफको क्यारियरकै पहिलो दिन सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्म रिलिज अघि नै अत्याधि चर्चामा रहेको छ । 'वार' को बक्स अफिसमा एडभान्स बुकिंगले पनि नयाँ रेकर्ड बनाएको छ । फिल्मको रिभ्यु समेत रम्रो भएकाले फिल्म बक्स अफिसमा सुपर हिट हुने अनुमान गरिएको छ ।

उत्कृष्ट म्युजिक र ऋतिक र टाइगरको द्वन्द पर्दामा पहिलो पटक हेर्न दर्शक उत्साहित रहेकाले पनि फिल्मले बक्स अफिसमा शानदार कमाई गर्ने बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै