चिनियाँ राष्ट्रपतिको भ्रमण : सुरक्षा व्यवस्था कडा

खरीबोट

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जीनफिङ नेपाल आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । 

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी दुईदिने भ्रमणका लागि शनिबार जीनफिङ नेपाल आउने जानकारी गराएसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको हो । 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।

“चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका हेरेर आवश्यक प्रहरी खटाउने व्यवस्था मिलाएका छौँ, उहाँको सुरक्षामा कुनै कमी हुन दिँदैनौँ”, उनले भने । प्रहरीले सी चिनफिङको सुरक्षाका लागि उपत्यका बाहिरबाट समेत थप जनशक्ति झिकाउने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी बल र चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहने बताइएको छ ।

सम्बन्धित समाचार

चिनियाँ राष्ट्रपतिको भ्रमणले सरकारको उचाइ बढ्यो : मन्त्री लम्साल

दमौली । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको उचाइ बढेको गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताएका छन् । व्यास नगरपालिका–५

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय स्तरमा साख बढाएको छ : डा. भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रिय स्तरमा साख बढाउन मद्दत पुर्याएको बताएका छन् । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उनले गोरखा सदरमुकाममा बिहिबार

सीको स्वागतमा राखिएका फूल र ब्यानर हटाइए   

काठमाडौँ ।  चिनियाँ राष्ट्रपति सी जीनपीङको स्वागतका लागि राखिएका फूलसहितका गमला हटाइएको छ । सरकारले राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मका विभिन्न ठाउमा फूलसहितका गमला राखेको थियो

नारायणकाजी भन्छन् – 'यसपटक हाम्रो पनि परिपक्वता देखियो'

काठमाडौँ । नेकपाक प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति सी जीनपीङको भ्रमणमा नेपालले परिपक्कता देखाएको बताएका छन् । भ्रमणपछि सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक र सफल


z