• २०८१ बैशाख १४ शुक्रबार

मेसी बिना अर्जेन्टिनाले जर्मनीसँग बराबरी खेल्यो 

kharibot

काठमाडौँ । जर्मनी र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । गएराती सम्पन्न खेलमा दुवै देश २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको १५ र २२औ मिनेटमा गोल गरेर २-० को अग्रता लिएको जर्मनीमाथि अर्जेन्टिनाले दोस्रो हाफमा कमब्याक गर्दै २ गोल गरेर खेल बराबरी गरेको थियो ।

जर्मनीका लागि सेर्गी ग्नाब्री र काइ हभार्टजले एक एक गोल गरेका थिए भने अर्जेन्टिनाका लागि लुकास अलारियो र लुकास ओकाम्पसले एक एक गोल गरेका थिए ।

अर्जेन्टिनाबाट लियोनेल मेसी प्रतिबन्धमा रहेका कारण यस खेलमा अनुपस्थित थिए भने सर्जियो अग्युरो र एन्जल डि मारिया जस्ता खेलाडी पनि अनुपस्थित थिए । अर्जेन्टिनालाई पाउलो डिबाला, लाउतारो मार्टिनेज र रोबेर्टो पिएरेयराले अर्जेन्टिनाको आक्रमण सम्हालेका थिए ।

अब जर्मनीले अर्को खेल युरो कप २०२० को छनौट अन्तर्गत इस्टोनियाको सामना गर्दै छ भने अर्जेन्टिनाले भने मैत्रीपूर्ण खेलमा इक्वेडरसँग खेल्दै छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै