• २०८१ बैशाख ८ शनिबार

अस्ट्रेलियासँग नेपाल पराजित 

kharibot

काठमाडौँ । विश्वकप छनौट अन्तर्गत नेपाली फुटबल टिम अस्ट्रेलियासँग पराजित भएको छ । आज अस्ट्रेलियाको क्यानबेरामा सम्पन्न खेलमा नेपाल ५-० गोल अन्तरले पराजित भएको हो ।

अस्ट्रेलियाले पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल मात्र गरेको थियो । नेपालले दोस्रो हाफमा सम्हालिएर खेल्दै केवल दुई गोल मात्र खाएको थियो ।

अस्ट्रेलियाका जिमि म्याकलेमले ३ गोल गरे भने ह्यारी सौटरले पनि २ गोल गरेका थिए ।

नेपालले पहिलो छ मिनेटमानै पहिलो गोल खाएको थियो भने १९औं मिनेटमा दोस्रो र २४औं मिनेटमा तेस्रो गोल खाएको थियो । त्यस्तै चौथो गोल ५९औ मिनेटमा र पाँचौ गोल ९०औ मिनेटमा खाएको थियो ।

यो जित पछि विश्वकप छनौटको एशियाको समुह बि मा अस्ट्रेलियाले २ खेलमा जित हासिल गर्दै ६ अंक भएको छ भने नेपालको ३ खेलमा ३ अंक छ ।

नेपालले अर्को खेल अक्टोबर १५ मा जोर्डनसँग खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै