• २०८१ बैशाख १३ बिहीबार

दोस्रो टेस्टमा भारतको उत्कृष्ट शुरुवात, मयंकले बनाए शतक

kharibot

काठमाडौँ । दक्षिण अफ्रीकाविरुद्धको दोस्रो टेस्टमा भारतले पहिलो दिन राम्रो सुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले पहिलो दिनको खेल सकिदा ३ विकेट गुमाएर २७३ रन बनाएको छ ।

भारतका लागि मयंक अग्रवालले शतक बनाएर आउट भएका छन् । मयंकले पहिलो टेस्टमा दोहोरो शतक प्रहार गरेका थिए भने दोस्रो टेस्टमा पनि आफ्नो उत्कृष्ट फर्म जारी राख्दै पहिलो दिन शतक प्रहार गरेका छन् । मयंकले १०८ रन बनाएर आउट भए । त्यस्तै चैतेस्वर पुजाराले ५८ रन बनाए भने रोहित शर्माले १४ रन बनाएर आउट भए ।

त्यस्तै कप्तान विराट कोहली ६३ रन बनाएर खेलिरहेका छन् भने आजिख्य रहाने १८ रन बनाएर अविजित रहेका छन् ।

दक्षिण अफ्रीकाका लागि कागीसो रबाडाले ३ विकेट लिएका छन् ।

३ टेस्टको सिरिजमा भारत १-० ले अगाडी रहेको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै