• २०८१ बैशाख ४ मंगलबार

मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यस्ता छन् विभिन्न ६ निर्णय 

kharibot

काठमाडौं । मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।

सरकारले नेपाली सेनाका दुई जना सहायकरथीमा बढुवा गरेको छ । सहायकरथीहरु गोकुल भण्डारी र अशोकराज सिग्देलको उपरथीमा बढुवा गरेको छ भने भएको हो ।

सरकारका प्रवक्ता समेत रहेका सुचना तथा प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका छन् ।

सरकारका निर्णयहरु :

१.    विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने २ अर्व ७७ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

२.    विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

३.    आर्थिक वर्ष ०७६\७७ मा ऊर्जा , जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।

४.    सहायकरथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारवा थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

५.    नख्खुखोला – भैसेपाटी – बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

६.    नेपाल – भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै