टी-२० सिरिजको उपाधि ओमानले जित्यो, नेपाल ६ विकेटले पराजित

खरीबोट

काठमाडौँ । टी-२० सिरिजको उपाधि ओमानले जितेको छ । आज सम्पन्न खेलमा ओमानले नेपाललाई ६ विकेटले पराजित गर्दै ओमानले सबै खेल जितेर सिरिजमा कब्जा गरेको हो ।

नेपालले दिएको ६५ रनको लक्ष्य पछाएको ओमानले ११.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए ।

ओमानका सुरज कुमारले अविजित ४२ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल ११ ओभरमा ६४ रन बनाएर अल आउट भएको छ । नेपालका लागि आरिफ सेखले २० रन बनाए । त्यस्तै दिपेन्द्र ऐरीले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानका बलर आमिर कलीमले ५ विकेट लिए । आमिरले ४ ओभरमा १५ रन दिएर ५ विकेट लिए भने बिलाल खानले २ विकेट लिए भने मोहमद नदीम र खवर अलीले एक एक विकेट लिए ।

ओमानले ४ खेलमा सबै खेल जितेर सिरिज जितेको छ भने आयरल्याण्डले ४ खेलमा ३ खेल जितेर दोस्रो भएको छ भने नेपाल ४ खेलमा २ खेल जितेर ४ अंकसहित तेस्रो भएको छ ।

त्यस्तै नेदरल्याण्डसले ४ खेलमा केवल एक खेल जितेको छ भने हङकङले सबै खेलमा हार बेहोरेको छ ।              

 

सम्बन्धित समाचार

वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजमा अफगानिस्तानको कब्जा

काठमाडौं । अफगानिस्तानले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा वेस्टइन्डिजलाई २९ रनले पराजित गर्दै अफगानिस्तानले सिरिज २-१ ले जितेको हो । अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य पछाएको

टी-२० खेलमा वेस्टइन्डिजमाथि अफगानिस्तानको शानदार जित

काठमाडौँ । अफगानिस्तानले वेस्टइन्डिजविरुद्धको टी-२० खेल जितेको छ । गएराती सम्पन्न खेलमा अफगानिस्तानले वेस्टइन्डिजलाई ४१ रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको १४८ रनको लक्ष्य पछाएको वेस्टइन्डिज २० ओभरमा ८ विकेट

सचिन तेन्दुलकर काठमाडौँमा

काठमाडौँ  । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकर नेपाल आइपुगेका छन्  । युनिसेफका सद्भावना दुत रहेका सचिन युनिसेफको निमन्त्रणामा नेपाल आइपुगेका हुन् । बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले सचिनलाई

पिएसएलको ड्राफ्टका लागि २८ महंगा विदेशी खेलाडी, नेपालबाट सन्दीप मात्र

काठमाडौँ । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा परेका छन् । पाकिस्तानी क्रिकेट बोर्डले सार्वजनिक गरेको महंगा खेलाडीको सुचीमा सन्दीपको नाम समावेश गरिएको छ । सन्दीपको नाम पिएसएलको


z