• २०८१ बैशाख ६ बिहीबार

बेल्जियम युरोकपमा छनौट हुने पहिलो देश

kharibot

काठमाडौँ । बेल्जियम युरो कप २०२० को लागि छनौट भएको छ । गएराती सम्पन्न खेलमा बेल्जियमले सान मारिनोलाई ९-० गोल को फराकिलो अन्तरले पराजित गर्दै युरोकपमा छनौट भएको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गरे भने नासर चादली, टोबी अल्डर वेईरेल्ड, योउरी टिएलेमेन्स, क्रिस्टियन बेन्टेक, यारी भेर्सचारेन र टिमुथि कास्टागनेले एक एक गोल गरेका थिए भने एक गोल सान मारिनोका क्रिस्टियन ब्रोलीले आत्मघाती गोल गरेका थिए ।

यो सँगै लुकाकुले अन्तर्राष्ट्रिय खेलमा आफ्नो ५० गोल समेत पुरा गरेका छन् ।

युरो छनौटको समुह आइमा रहेको बेल्जियम यो जितपछि ७ खेलमा अपराजित हुदै युरोमा छनौट हुने पहिलो देश बनेको छ ।
     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै