फातीलाई स्पेनबाट खेल्न फिफाको अनुमति

खरीबोट

काठमाडौँ । अहिले बार्सिलोनाका १७ बर्षिय खेलाडी अंसु फाती विश्व फुटबलमा चर्चाको विषय बनेका छन् ।

बार्सिलोनामा स्टार खेलाडी लियोनेल मेसी घाइते भएको बेलामा मेसीको ठाउमा खेलेर चर्चामा आएका युवा खेलाडी फाती अब स्पेनबाट खेल्ने भएका छन् ।

फिफाले फातीलाई स्पेनबाट खेल्न अनुमति दिएसँगै अब उनी छिट्टै स्पेनको राष्ट्रिय टिमबाट खेल्न बाटो खुलेको हो ।

फातीले गत महिना मात्र स्पेनको नागरिकता लिएका थिए ।

अब पश्चिमी अफ्रिकी देश गुइनी बिसाउका फातीले सेप्टेम्बरमा नै स्पेनको नागरिकता लिएका थिए ।

फाती गुइनी बिसाउका अलावा स्पेन र पोर्चुगलबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउने थिए तर उनले स्पेनलाई रोजेका छन् । ६ बर्षको उमेरदेखि स्पेनमै बसेका फाती सेभिल्ला र बार्सिलोना एकेडेमीका खेलाडी हुन् ।

स्पेनमा उनी १० बर्षदेखी बसिरहेकाले उनले सजिलै स्पेनको नागरिकता पाएका हुन् । स्पेनको नागरिकता लिएपछि उनी स्पेनबाट फुटबल खेल्न सक्ने भएका हुन् ।

स्पेनले फातीलाई शुरुमा अन्डर १७ विश्वकप खेल्ने स्पेनको खेलाडी सुचिमा उनको नाम समावेश गर्ने प्रयास गरेपनि कागजी प्रक्रियामा ढिलो भएका कारण उनको नाम भने समावेश गर्न स्पेन असफल भएको छ । फातीले अन्डर १७ विश्वकपमा भने स्पेनको प्रतिनिधित्व गर्न नपाउने भएका छन् ।

फाती अन्डर १७ विश्वकप टिममा नरहेपनि उनलाई स्पेनिस टिमसँगै लगिने स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।  

त्यस्तै फाती पोर्चुगलबाट समेत खेल्न सक्ने बताइएको थियो । गुइनी बिसाउ कुनै बेला पोर्चुगलको क्लोनीको रुपमा रहेको थियो । सो अनुसार पोर्चुगलले आफ्नो टेरोटेरीकालाई पोर्चुगलको नागरिकता दिने विशेष व्यवस्था रहेको छ । तर उनले स्पेनको नागरिकता लिएसँगै अब यो सम्भावना भने सकिएको छ ।

अब स्पेनबाट खेल्ने प्रक्रिया पुरा भएका कारण उनले अर्को बर्ष हुने युरो कपमा स्पेनको प्रतिनिधित्व गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

बार्सिलोनासहित ठुला क्लबको पोचेट्टीनो भित्र्याउन हानथाप !

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब टोटनह्यामबाट बर्खास्तमा परेका प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई ठुला क्लबले भित्र्याउने प्रयास शुरु गरेका छन् । पोचेट्टीनोलाई भित्र्याउने दौडमा पछिल्लो क्लब बार्सिलोना अगाडी आएको छ । द

बार्सिलोनाको जितमा मेसीको कीर्तिमानी ह्याट्रिक

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गरेको छ । गएराती बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले सेल्टालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनेल मेसीले

च्याम्पियन्स लिगमा बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना चेक रिपब्लिकको क्लब स्लाभिया प्राहसँग बिना कुनै गोल बराबरीमा रोकिएको हो । बार्सिलोना आफ्नै घरेलु मैदानमा भएको खेलमा

बार्सिलोनाको फराकिलो जितमा मेसीको दुई गोल  

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा भालाडोलिडलाई ५-१ गोलअन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो


z