• २०८१ बैशाख ८ शनिबार

फातीलाई स्पेनबाट खेल्न फिफाको अनुमति

kharibot

काठमाडौँ । अहिले बार्सिलोनाका १७ बर्षिय खेलाडी अंसु फाती विश्व फुटबलमा चर्चाको विषय बनेका छन् ।

बार्सिलोनामा स्टार खेलाडी लियोनेल मेसी घाइते भएको बेलामा मेसीको ठाउमा खेलेर चर्चामा आएका युवा खेलाडी फाती अब स्पेनबाट खेल्ने भएका छन् ।

फिफाले फातीलाई स्पेनबाट खेल्न अनुमति दिएसँगै अब उनी छिट्टै स्पेनको राष्ट्रिय टिमबाट खेल्न बाटो खुलेको हो ।

फातीले गत महिना मात्र स्पेनको नागरिकता लिएका थिए ।

अब पश्चिमी अफ्रिकी देश गुइनी बिसाउका फातीले सेप्टेम्बरमा नै स्पेनको नागरिकता लिएका थिए ।

फाती गुइनी बिसाउका अलावा स्पेन र पोर्चुगलबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउने थिए तर उनले स्पेनलाई रोजेका छन् । ६ बर्षको उमेरदेखि स्पेनमै बसेका फाती सेभिल्ला र बार्सिलोना एकेडेमीका खेलाडी हुन् ।

स्पेनमा उनी १० बर्षदेखी बसिरहेकाले उनले सजिलै स्पेनको नागरिकता पाएका हुन् । स्पेनको नागरिकता लिएपछि उनी स्पेनबाट फुटबल खेल्न सक्ने भएका हुन् ।

स्पेनले फातीलाई शुरुमा अन्डर १७ विश्वकप खेल्ने स्पेनको खेलाडी सुचिमा उनको नाम समावेश गर्ने प्रयास गरेपनि कागजी प्रक्रियामा ढिलो भएका कारण उनको नाम भने समावेश गर्न स्पेन असफल भएको छ । फातीले अन्डर १७ विश्वकपमा भने स्पेनको प्रतिनिधित्व गर्न नपाउने भएका छन् ।

फाती अन्डर १७ विश्वकप टिममा नरहेपनि उनलाई स्पेनिस टिमसँगै लगिने स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।  

त्यस्तै फाती पोर्चुगलबाट समेत खेल्न सक्ने बताइएको थियो । गुइनी बिसाउ कुनै बेला पोर्चुगलको क्लोनीको रुपमा रहेको थियो । सो अनुसार पोर्चुगलले आफ्नो टेरोटेरीकालाई पोर्चुगलको नागरिकता दिने विशेष व्यवस्था रहेको छ । तर उनले स्पेनको नागरिकता लिएसँगै अब यो सम्भावना भने सकिएको छ ।

अब स्पेनबाट खेल्ने प्रक्रिया पुरा भएका कारण उनले अर्को बर्ष हुने युरो कपमा स्पेनको प्रतिनिधित्व गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै