• २०८१ बैशाख ८ शनिबार

विवाद बढेपछि नवाजुद्धीन सिद्धिकीले आफ्नो आत्मकथा प्रकाशित नगर्ने 

kharibot

मुम्बई । बलिवुडका अभिनेता नवाजुद्धीन सिद्धिकीले आफ्नो प्रकाशित हुन लागेको आत्मकथा एन अर्डिनरी लाइफ प्रकाशित नगर्ने भएका छन् ।

सामाजिक सञ्जाल मार्फत नवाजले सो जानकारी दिदै सो किताबले कसैको भावनामा चोट पुगेकोमा माफी माग्दै किताव बजारमा नल्याउने जानकारी दिएका हुन् ।

नवाजुद्धीनको किताबमा उनका पूर्वप्रेम प्रसंगहरुको उल्लेख भएकोमा उनकी पूर्व प्रेमिका अभिनेत्रीहरुले आक्रोश पोखेपछि उनले सो निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

नवाजुद्धीनले उनकी सहकर्मी अभिनेत्री निहारिका शर्मासँग शारीरिक सम्बन्धको लागि प्रेम गरेको र आफु निकै स्वार्थी भएको सो किताबमा उल्लेख गरेका थिए । निहारिकाले सो किताबमा आफ्नो बारेमा उल्लेख भएका कुराहरु सत्य नभएको बताउदै महिलाको सहारा लिएर चर्चामा आउँ खोजेको बताएकी थिइन् । नवाजसँग छोटोसमयको समबन्ध भएपनि किताबमा उल्लेख गरेजस्तो नभएको निहारिकाले बताएकी थिइन् ।

त्यस्तै नवाजुद्धीनकी पुर्वप्रेमिका सुनिता राजवारले नवाजुद्धीनले किताबमा उल्लेख गरे जस्तो उनको गरिवीका कारण नभई गरिवी सोचाईका कारण उनलाई छोडेको बताएकी थिइन् । किताव निकाले पछि नवाजुद्धीन पहिला भन्दा झन् गरिब भएको कडा प्रतिक्रिया सुनीत ले व्यक्त गरेकी थिइन् ।

किताबमा उल्लेख भएको नवाजुद्धीनका प्रेम प्रसंगको विवाद पछि नवाजले सो निर्णय गरको बुझिएको छ । किताबका प्रकाशकसँगको आपसी सहमतिमा किताबलाई बाहिर नल्याउने निर्णय भएको बताइएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै