• २०८१ बैशाख ७ शुक्रबार

बार्बाडोस सिपिएलको फाइनलमा 

kharibot

काठमाडौ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत बार्बाडोस ट्रीडेन्टस फाइनलमा पुगेको छ ।

आज भएको दोस्रो क्वालिफायरमा ट्रीनबागो नाइट राइडर्सलाई १२ रनले पराजित गर्दै बार्बाडोस प्रतियोगीताको फाइनलमा पुगेको हो ।

बार्बाडोसले दिएको १६१ रनको लक्ष्य पछाएको नाइट राइडर्स १९.३ ओभरमा १४८ रन बनाउदा अल आउट भएपछि बार्बाडोस विजयी भएको हो ।

बर्बाडोसको जितमा ह्यारी गर्नी, हेडेन वाल्श, एशले नर्स र रेमन रेइफ़रले २-२ विकेट लिएका थिए । त्यस्तै नाइट राइडर्सका सीकुगे प्रसन्नाले ५१ रन बनाए भने कप्तान केरन पोलार्डले २३ देनेश राम्दीनले २१ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बार्बाडोसले २० ओभरमा ६ विकेट गुमाउदै १६० रन बनाएको थियो ।

यस जितका साथ बार्बाडोस अब फाइनलमा गुयाना अमेजन वारियर्ससँग उपाधिका लागि भिड्ने छ । दुवै टिम पहिलो क्वालिफायरमा खेलेका थिए । सो खेलमा गुयाना विजयी हुदै सिधै फाइनलमा पुगेको थियो भने बर्बाडोस दोस्रो क्वालिफायर खेलेको थियो ।

अब फाइनल खेल आइतबार बिहान हुने छ ।                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै