• २०८१ बैशाख ११ मंगलबार

शान्तिका लागि नोबेल पुरस्कार इथोपियाका प्रधानमन्त्री अलीले जिते 

kharibot

काठमाडौँ । शान्तिका लागि यस बर्षको नोबेल पुरस्कार इथोपियाका प्रधानमन्त्री अबी अहमद अलीले पाएका छन् ।

नर्बेजियन नोबेल पुरस्कार कमिटिले यस बर्ह्सको शान्तिका लागि नोबेल पुरस्कार अलीलाई दिने घोषणा गरेको हो ।

अलीले इथोपियामा शान्तिका लागि काम गरे बापत सो पुरस्कार दिइएको कमिटिले उल्लेख गरेको छ । खासगरी इथोपियाको बडर्र सुरक्षाका लागि अलीले गरेको पहलस्वरूप यो पुरस्कार दिइएको बताइएको छ ।  

पुरस्कृत व्यक्तित्वहरुले जनही ९ लाख १८ हजार अमेरिकी डलर र स्वर्ण पदक एवं प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त पुरस्कार आगामी डिसेम्बर १० मा स्टकहोममा विशेष समारोहबीच प्रदान गरिनेछ ।

यसअघि नै रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्र तथा साहित्यतर्फको पुरस्कार घोषणा गरिसकिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै