• २०८१ बैशाख ७ शुक्रबार

दक्षिण अफ्रीकाविरुद्ध कोहलीको दोहोरो शतकपछि भारत बलियो अवस्थामा 

kharibot

काठमाडौँ । दक्षिण अफ्रीकाविरुद्धको दोस्रो टेस्टमा भारतले पहिलो इनिंगमा बिशाल रन बनाएको छ । 

भारतीय कप्तान विराट कोहलीको दोहोरो शतक र मयंक अग्रवालको शतकको मद्धतले भारतले पहिलो इनिंगमा ५ विकेट गुमाएर ६०१ रन बनाउदै इनिंग घोषणा गरेको छ ।

खेलको दोस्रो दिन सकिदा दक्षिण अफ्रिकाले ३ विकेट गुमाएर ३६ रन बनाएको छ । दक्षिण अफ्रीकाका डिन एल्गर ६ रन, एडेन मार्क्रम शुन्यमा र टेम्बा बभुमा ८ रन बनाएर आउट भएका छन् ।

भारतका उमेश यादवले २ विकेट लिए भने मोहमद सामीले एक विकेट लिएका छन् ।

दोस्रो दिनको खेल सकिद दक्षिण अफ्रीका अझै ५६५ रनले पछाडी रहेको छ ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५ विकेट गुमाउदै ६०१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले २५४ रन बनाए भने मयंक अग्रवालले १०८ रन बनाए ।

त्यस्तै रविन्द्र जडेजा ९१ रन बनाएर आउट भए भने आजिख्य रहाने ५९ र चैतेश्वर पुजाराले ५८ रन बनाए । त्यस्तै रोहित शर्माले १४ रन बनाए ।

भारतीय कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा आफ्नो अहिलेसम्म कै उत्कृष्ट इनिंग खेल्दै २५४ रनको पारी खेलेका छन् ।

उनले यस खेलसँगै टेस्ट क्रिकेटमा ७ हजार रन समेत पुरा गरेका छन् । विराटको टेस्ट क्रिकेटमा यो सातौ दोहोरो शतक हो भने २६ औ टेस्ट शतक हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै