• २०८१ बैशाख ८ शनिबार

युरो छनौटमा इङल्याण्डको अप्रत्याशित हार

kharibot

काठमाडौँ । युरोकप २०२० को छनौट खेल अन्तर्गत इङल्याण्ड पराजित भएको छ ।

गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा इङल्याण्ड चेक रिपब्लिकसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

१-१ गोलको बराबरी रहेको अवस्थामा सब्सटिच्युटको रुपमा आएका चेकका जेडेनेक अनड्रासेकले खेलको ८५औ मिनेटमा गोल गर्दै इङल्याण्डमाथि अप्रत्याशित जित हासिल गरेका थिए ।

यस अघि ह्यारी केनले खेलको पाँचौ मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै शुरुवाती अग्रता लिएकोमा खेलको ९औ मिनेटमा नै चेकका जाबुक ब्राबेकले गोल गर्दै खेल बराबरी गरेका थिए ।

हारपछि पनि इङल्याण्ड ५ खेलमा १२ अंकसहित समुह ए मा शिर्ष स्थानमा रहेको छ भने चेक रिपब्लिक ६ खेलमा १२ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

अब इङल्याण्डले आगामी सोमबार बुल्गेरियासँग अर्को खेल खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै