• २०८१ बैशाख ८ शनिबार

चिनियाँ राष्ट्रपति सीको स्वागतमा चिटिक्क काठमाडौँ (फोटो फिचर)

kharibot

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जीनपीङको नेपाल भ्रमणलाई लक्षित गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्म चिटिक्क पारिएको छ ।

काठमाडौँ महानगरपालिकाले तीनकुने, माइतीघर मण्डला लगायतका ठाउमा पार्क निर्माण सम्पन्न गरेको छ भने सडक समेत सिगारेर चिटिक्क पारेको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीनकुने हुँदै आउँदा आकर्षक र हरियाली वातावरण भएको उक्त पार्कमा विभिन्न फूल सजाइएको छ । निकै मेहनत गरी चिटिक्क बनाइएको पार्कले सर्वसाधारणलाई समेत मनोरञ्जन दिइरहेको छ । 

यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण हुँदैछ । चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको भ्रमणले देशको अर्थ तथा कूटनीतिक क्षेत्रमा अर्थपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ ।

महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले राष्ट्रपति सीको भ्रमणका क्रममा सडकका दायाँबायाँ भागको पोलमा दुवै देशका झण्डाको व्यवस्थापनसमेत गरिएको जानकारी दिँदै त्रिपुरेश्वरदेखि रत्नपार्कसम्मका पर्खाल र फलामे बारमा सरसफाइ गरी रङरोगन लगाएर राम्रो बनाइएको बताए ।

उनले महानगरपालिकाले लिएको जिम्मेवारी पूरा गरेको जानकारी दिए । सडकका किनारामा दुवै मुलुकका प्रमुखका तस्वीर अङ्कित 'फ्लेक्स' तथा स्वागतद्वारसमेत निर्माण गरिएको छ भने सडक मर्मतका कार्य सडक विभागले गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै