• २०८१ बैशाख ५ बुधबार

विराटको दोहोरो शतकले तोड्यो कयौं दिग्गजको किर्तिमान 

kharibot

काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले दक्षिण अफ्रीकाविरुद्ध दोहोरो शतक बनाएर टेस्ट क्रिकेटका कैयौ रेकर्ड तोडेका छन् ।

शुक्रबार २५४ रनको पारी खेलेका विराटले टेस्ट क्रिकेटमा आफ्नो ७ हजार रन समेत पुरा गरेका छन् भने सचिन तेन्दुलकरम विरेन्द्र सहवाग, रिक्की पोन्टिङ जस्ता दिग्गज क्रिकेटरले बनाएका रेकर्ड समेत तोडेका छन् ।

विराट टेस्ट क्रिकेटमा धेरै दोहोरो शतक बनाउने खेलाडीको सुचिमा चौथो नम्बरमा पुगेका छन् । विराटले अहिलेसम्म ७ दोहोरो शतक बनाएका छन् ।

यसका साथै विराटले दोहोरो शतक बनाउने खेलाडीहरु सचिन तेन्दुलकर, विरेन्द्र सहवाग, रिक्की पोन्टिङ, युनिस खान र जावेद मियादाद, महिला जयवार्धनेलाई उछिनेका छन् । उनीहरुले टेस्ट क्रिकेटमा ६-६ दोहोरो शतक बनाएका थिए ।

त्यस्तै विराट टेस्ट क्रिकेटमा ७ हजार रन बनाउने सातौ भारती खेलाडी बनेका छन् । साथै सबै भन्दा कम खेलमा ७ हजार रन बनाउने विश्वका विराट चौथो खेलाडी बनेका छन् ।

विराटले ८१ टेस्टमा ७ हजार रन पुरा गरेका छन् जसमा उनले १३८ पारी खेलेका छन् । टेस्ट क्रिकेटमा सचिनले १३६ र सहवागले १३४ पारीमा आफ्नो ७ हजार रन पुरा गरेका थिए ।

त्यस्तै विराटले सबै दोहोरो शतक कप्तानको रुपमा बनाएर नयाँ रेकर्ड बनाएका छन् । विराटपछि वेस्टइन्डिजका ब्रायन लाराएल कप्तानको रुपमा ५ दोहोरो शतक बनाएका थिए । त्यस्तै सर डन ब्रेडम्यान, ग्रीम स्मिथ र माइकल क्लार्कले कप्तानको रुपमा ३-३ दोहोरो शतक बनाएका छन् ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै