• २०८१ बैशाख ११ मंगलबार

सी जिनपिङ काठमाडौँमा, राष्ट्रपतिद्वारा स्वागत

kharibot

फाइल तस्बीर

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् ।

राष्ट्रपति सी भारतको चेन्नईबाट काठमाडौँ आज अपराहन्न काठमाडौँ आइपुगेका हुन् ।

भारतको दुई दिने भ्रमणका लागि शुक्रबार चेन्नई पुगेका सीले भ्रमण सकेर नेपाल आएका हुन् ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसहित मन्त्रीहरुले राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका राष्ट्रपति सीलाई विमानस्थलमै गार्ड अफ अनरको सम्मान दिइदैछ । राष्ट्रपति सीसँग विमानस्थलमै प्रधानमन्त्री, मन्त्रीहरु र उच्च पदस्थहरुको परिचयात्मक कार्यक्रम राखिएको छ ।

चीनबाट २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण भएकोले सीको यस भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

विमानस्थलबाट उनी सिधै होटल सोल्टी जानेछन् भने आजै शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँमा भव्य तयारी गरिएको छ ।

सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ भने विदेशी विशिष्ट पाहुनाको उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै