लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो

खरीबोट

फाइल तस्बीर

सोलुखुम्बु । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो ।

नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ ।

चालक दललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए । तीन चालक दलका सदस्यसहित १३ विदेशी पर्यटक यात्रु लिएर उडेको सीता एयरको ९एन–आई–ई विमान सकुशल अवतरण सफल भएको बताइएको छ ।

यसरी विमानको इन्जिनभित्रै चरा पसे पनि सकुशल अवतरण गराइएकाले यसलाई सामान्यरुपमा लिइने विमानस्थल कार्यालयले जनाएको छ ।

यही असोज १४ गतेदेखि २ महीनाका लागि मन्थली विमानस्थलबाट लुक्ला उडान हुन थालेको छ । पर्यटकीय सिजनमा उक्त विमानस्थल प्रयोग गरिँदै आएको उक्त विमानस्थलबाट लुक्लाका लागि दैनिक ४० सम्म उडान हुने गरेको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिए । 

सम्बन्धित समाचार

धनगढी विमानस्थल आइतबारदेखि एक महिनासम्म आशिंक बन्द हुने

धनगढी । सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेको एक मात्र धनगढी विमानस्थल आइतवार देखि एक महिना सम्म आशिंक रुपमा बन्द हुने भएको छ । धावन मार्ग मर्मत सम्भार र स्तर बृद्धिको कामलाई निरन्तरता

त्रिभुवन विमानस्थलको पार्किङमा श्री एयर र यतीका विमान ठोक्किए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर-७२ जहाजलाई ठक्कर दिएको छ । अवतरणपछि पार्किङमा आउँदै गरेको श्रीको जहाजले पार्किङ गरिराखेको यतिको एटिआर जहाजलाई शुक्रबार

दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटनामा जहाज चालकको निधन

लस एन्जलस । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ ।  उक्त दुर्घटनापछि सो विमानका चालकको मृत्यु भएको छ । उक्त विमान आवासीय

आइएजीले स्पेनी विमान कम्पनी एअर यूरोपा किन्ने

लण्डन । ‘बृटिस एअरवेज तथा आइबेरिया’ को स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी ‘आइएजी’ ले स्पेनी विमान कम्पनी एअर यूरोपालाई किन्ने सहमति भएको छ । आइएजीले सोमबार जारी


z