• २०८१ बैशाख १२ बुधबार

न्यूयोर्कको एक क्लबमा गोली चल्दा कम्तीमा चारको मृत्यु

kharibot

न्यूयोर्क । न्यूयोर्कमा शनिबार एक क्लबमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका बताइएको छ ।

न्यूयोर्कको ब्रुकलिनस्थित क्लबमा गोली चलाएको आरोपमा यो समाचार तयार पार्दासम्म कसैलाई पक्राउ गरिएको छैन । कसैले आक्रमणको जिम्मा लिएको छैन भने आक्रमण गर्नुको उद्देश्य पनि थाहा हुन नसकेको न्यूयोर्क प्रहरीले बताएको छ । 

स्थानीय एबीसी टेलीभिजनको समाचारमा गोली चलेको स्थान रात्रिक्लब भएको उल्लेख छ । बिहानै चलेको गोलीका कारण चारजनाको घटनास्थलमा नै मृत्यु भएको र दुई अन्य पुरूष र एक महिला सामान्य घाइते भएका प्रत्यक्षदर्शी  प्रहरीलाई उद्धृत गरी एबीसीले जनाइएको छ ।

यस पहिले आएको रिपोर्टमा चारको मृत्यु भएको र पाँच जनाभन्दा बढी घाइते भएको बताइएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै