• २०८१ बैशाख ८ शनिबार

बर्बाडोसले जित्यो सिपिएलको उपाधि

kharibot

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि बार्बाडोस ट्रीडेन्टसले जितेको छ ।

आज भएको फाइनल खेलमा बार्बाडोसले गुयाना अमेजन वारियर्सलाई २७ रनले परजित गर्दै दोस्रो पटक सिपिएलको उपाधि जितेको हो ।

यस अघि बार्बाडोसले सन् २०१४ मा सिपिएलको उपाधि जितेको थियो ।  

प्रतियोगिता भर अपराजित रहेको गुयाना फाइनलमा पराजित हुदै उपविजेता बनेको छ ।

बार्बाडोसले दिएको १७२ रनको लक्ष्य पछाएको गुयानाले २० ओभरमा ९ विकेट गुमाउदै १४४ रन बनाएको थियो ।

गुयानाका लागि ब्राण्डन किंगले सर्वाधिक ४३ रन बनाए भने कीमो पाउलले २५ र निकोलस पुरनले २४ रन बनाए ।

त्यस्तै बर्बाडोसका बलर रेमन रेईफरले ४ विकेट लिए भने ह्यारी गुर्नी र एशले नर्सले २-२ विकेट लिए । त्यस्तै हेडेन वाल्शले एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बर्बाडोसले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।

बार्बाडोसका लागि जोनाथन कार्टरले २७ बलमा आक्रामक ५० रन बनाए भने जोहनसन चार्लिजले ३९, एलेक्स हेल्सले २८, एशले नर्सले महत्वपूर्ण १९ रन बनाएका थिए ।
              
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै