राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

खरीबोट

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गरेका छन् ।

दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । 

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार नेपालको दुईदिने राजकीय भ्रमणमा आएका राष्ट्रपति सी आज स्वदेश फर्कने क्रममा होटलबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका छन् ।
 

सम्बन्धित समाचार

राष्ट्रपति सीको भ्रमण ऐतिहासिकरुपमा सफल : प्रवक्ता बास्कोटा 

काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले चिनियाँ राष्ट्रपति सी जीनपीङको भ्रमण सबै किसिमले सफल भएको बताएका छन् । सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता बास्कोटाले राष्ट्रपति सीको

नेकपाको निष्कर्ष : राष्ट्रपति सीको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गरेको जनाएको छ । विभागले आज गरेको समीक्षामा राष्ट्रपति

राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय प्रारम्भ

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले २३ वर्षपछि गर्नुभएको नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ भने नेपालको कूटनीतिक कौशलता पनि प्रदर्शन भएको छ । राष्ट्रपति विद्यादेवी

स्वदेश फर्किदै राष्ट्रपति सी !

चिनियाँ राष्ट्रपति सी जीनपीङ नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किदै । तस्वीर : चन्द्रकला क्षेत्री  


z