• २०८१ बैशाख १३ बिहीबार

दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिज भारतको कब्जा 

kharibot

काठमाडौँ । भारतले दक्षिण अफ्रीकाविरुद्धको दोस्रो टेस्ट जितेको छ ।

दोस्रो टेस्टको चौथो दिन फलोअनमा रहेको दक्षिण अफ्रिका १८९ रनमा अल आउट भएपछि भारत एक इनिंग र १३७ रनले विजयी भएको हो ।

भारतको जितमा उमेश यादव र रविन्द्र जडेजाले ३-३ विकेट लिए भने आर आश्विनले २ तथा इशान्त शर्मा र मोहमद सामीले एक एक विकेट लिए ।

दक्षिण अफ्रीकाका ब्याट्सम्यान डीन एल्गरले दोस्रो इनिंगमा सर्वाधिक ४८ रन बनाए भने टेम्बा बभुमाले ३८ र भेरनोन फिलेन्दरले ३७ तथा केशब महाराजले २२ रन बनाए ।

यस अघि दक्षिण अफ्रीका आफ्नो पहिलो इनिंगमा २७५ रनमा अल आउट भएपछि भारतले फलोअन दिएको थियो ।

भारतले टस जितेर पहिला ब्याटिंग गर्दै आफ्नो पहिलो इनिंगमा ५ विकेट गुमाएर ६०१ रनको विशाल रन बनाएको थियो । जसमा भारतीय कप्तान विराट कोहलीले २५४ रन अविजित बनाएका थिए भने ओपनर मयंक अग्रवालले १०८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै रविन्द्र जदेजा ले ९१ रन बनाएका थिए ।

यो जितसँगै भारतले तीन टेस्टको सिरिजमा २-० ले जित हासिल गर्दै सिरिज जितेको छ । टेस्ट च्याम्पियनसिप अन्तर्गतको यो टेस्ट सिरिजको तेस्रो टेस्ट अक्टोबर १९ बाट भारतको राँचीमा शुरु हुने छ ।                     
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै