• २०८१ बैशाख १४ शुक्रबार

पेजर, फ्याक्स, चेक र क्यासेट अझै किन उपयोगमा छन् ?

kharibot

जापान जस्तो विकसित देशमा पेजर अझै पनि प्रयोग भैरहेको सुन्दा आश्चर्य लग्न सक्छ । यसै हप्ता जापानमा पेजर बन्द भएसंगै यसको लगभग एक हजार जति प्रयोगकर्ताहरु दु:खी भएका छन् ।

जापानमा आब पेजर देखिने छैन तर विश्वको अरु ठाऊमा भने पेजर पाउन सकिन्छ । बजारमा पेजर जस्तै आउटडेटेड थुप्रै पुरानो वस्तुहरु प्रचलनमा छन् । यस्तै हराउदै गरेका अचम्म लाग्ने वस्तुको बारेमा चाखलाग्दो जानकारीहरु : 

पेजर

यो छोटो रेडियो रिसिवर जस्तै हुन्छ जसलाई संगै जहाँ पनि लैजान सकिन्छ । यसमा मोबाइल नम्बर जस्तै हरेक उपभोक्ताको एउटा निजी कोड हुन्छ जसलाई प्रयोगकर्ताले म्यासेज आदानप्रदान गर्न अरु मान्छेलाई सेयर गर्न मिल्छ  । म्यासेज आउदा पजेरको स्क्रिनको एउटा भागमा फ्ल्यास हुन्छ र बीप को आवाज संगै फ्ल्यास हुने भएकोले यसलाई बीपर पनि भनिन्छ ।

यसलाई १९५०-६० को दशकमा विकसित गरिएको थियो तर ८० के दशकमा यो धेरै नै लोकप्रिय भयो । मोबाइल फोनको प्रयोग संगै यसको चलन बन्द भयता पनि  पेजरको प्रयोग आज सम्म पुरै हटेको छैन । 

पेजर आज पनि किन प्रचलनमा छ त ?

विश्वमा बाकी रेहका दस प्रतिशत पेजरको प्रयोगकर्ता मध्य ब्रिटेनको राष्ट्रीय स्वास्थ्य सेवामा काम गर्ने एक लाख ३० हजार मान्छे पर्छन् । सन् २०१८ मा गरिएको एक अध्ययन अनुसार ब्रिटेनको ८० प्रतिशत अस्पतालहरुमा पेजर प्रयोग गरिरहेको छन् । कारण यसको रिसेप्शन मतलब नेटवर्क राम्रो हुन्छ ।

कतिपय अस्पतालको कोठाहरु एक्स-रे को किरण छेकिने गरी बनाइएको हुन्छ र यस्तो कोठा भित्र टेलीफोनको सिग्नल आउँदैन । पेजरको रेडियो सिग्नल बलियो हुनाले यो आपतकालीन अवस्थामा उपयोगी हुन्छ । 

पेजर अब बिस्तारै हट्दै जादै छ, ब्रिटेनको राष्ट्रीय स्वास्थ्य सेवा अनुसार २०२१ सम्ममा चरणबद्ध तरिकाले एउटा नया मैसेजिंग सिस्टमले यसको ठाउँ लिने छ । 

चेक

चेक बैंकबाट दिने एउटा नोटबुक हो जसमा आफ्नो खातामा भएको सरह वा कम रकम लेखिन्छ । चेकको पानामा आफ्नो हस्ताक्षर गरेर दिएपछि बैंकबाट पैसा निकाल्न सकिन्छ । 

चेक अझै पनि किन प्रचलनमा छ ? 

इंटरनेटको उपयोग बढेसंगै चेकको प्रयोगमा कमि आएको छ तर पनि यसको प्रचलन अझै पनि त्यतिकै छ । अमेरिकामा सानो सानो पसलहरुको घरबेटीले भाडा चेकबाट नै माग्ने चलन छ, २०१५ मा त्यहाँ करिब ८ वटा चेक प्रति घर जारी गरीएको थियो । 
ब्रिटेनले २०१८ सम्म चेकलाई पुरै हटाउने योजना गरिएको थियो तर त्येसो भएन किनभने त्यहाँ  बुढा र कमजोर जनतको लागि कुनै उपयुक्त विकल्प नै छैन । 

ब्रिटेनमा चेक प्रयोग गर्ने नागरिकको उमेर ६५ वर्ष भन्दा माथी छ त्यसैले दस वर्षमा केवल ७५ प्रतिशत मात्र चेक को प्रयोग कम भएको हो । नेदरल्याण्डस, नामीबिया र डेनमार्क सहित थुप्रै अरु देशमा पहलेदेखि नै चेक बंद भैसकेको छ । 

क्यासेट

क्यासेट कसरी प्रयोग गरिन्छ ?

आजको जमानामा क्यासेटको प्रयोग निकै नै दुर्लभ मानिन्छ । यो फर्म्याटले  रेट्रो संगीतको जमानाको याद दिन्छ जहाँ सुगम पोखरेल, निमा रुम्बा र कुन्ती मुक्तान जस्ता संगीतकार को गित सुन्न सकिन्थ्यो र संगीत क्यासेटमा आफ्नो गीत रेकर्ड पनि गर्न मिल्थ्यो । 
क्यासेट अझै पनि किन प्रचलनमा छ?

क्यासेट अहिलेको आधुनिक युगमा आफ्नो ठाउँ मात्र बनाउन खोजिरहेको छैन फेरी पपुलर पनि हुदै छ । ब्रिटेनमा पछिल्लो एक दशक देखि क्यासेटको बिक्रिमा वृद्धि भइरहेकको छ र २०१८ मा २३ प्रतिसतले बढेको छ । त्यस्तै ग्लोबल मार्केटिंग रिसर्च फर्म नील्सन म्यूज़िक को अनुसार अमरीकामा २०१८ मा कैसेट टेपको बिक्रीमा २३ प्रतिसत ले बढ़ोत्तरी देखिएको छ । 

क्यासेट टेप फेरी ट्रेन्डमा आउनुको कारण मानिसको संगीत सुन्ने बानी र यो सँग जोडिएको मनोभावना हो । क्यासेट टेपलाई रेकर्ड गरेर त्यसको पछाडी नोट्स लेख्दा पहिलाको याद हरु ताजा हुन्छ  । 

फ्याक्स मेसिन 

फ्याक्स मेसिन कसरी काम गर्छ?
 

फ्याक्स मेसिन एउटा ठुलो प्रिन्टर जस्तै देखिन्छ र यो टेलिफोनमा जोडिएको हुन्छ । सुरुमा यसले दस्तावेजलाई स्क्यान गर्छ अनि त्यसलाई टेलिफोनको लाइन बाट  अर्को फ्याक्स मेसिनमा पठाऊछ र अर्को मेसिनले त्यसको प्रिन्टआउट निकाल्छ ।

फ्याक्स मेसिन आज पनि किन प्रचलनमा छ ?

फ्याक्स मेसिन आज सम्म बढि प्रचलित हुनुको कारण व्यवसाय, स्वस्थ, उद्योग र सरकारी विभाग आफ्नो टेक्नोलोजीको आधुनिकीकरण गर्न सकेको छैन ।  फ्याक्स मेसिन अझै पनि अमेरिका, जर्मनी, इजरायल  र जापान लगायत धेरै देशमा व्यापक रुपमा प्रयोग हुन्छ । 
हरेक दिन लाखौं फ्याक्स गरेको पेज हरु आदानप्रदान हुन्छ  । जापानमा फ्याक्स मेसिन आज सम्म पनि कायम हुनुको कारण त्यहाँ हातले लेखेको हार्ड कपी निकै नै महत्वपुर्ण मानिन्छ । 

बिबिसीबाट साभार 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै