• २०८१ बैशाख १४ शुक्रबार

वारको अगाडी प्रियंकाको 'द स्काई इज पिंक' फिका

kharibot

काठमाडौँ । बलिवुडमा गत शुक्रबार रिलिज भएको अभिनेत्री प्रियंका चोपडाको फिल्म द स्काई इज पिंकले सुस्त सुरुवात गरेको छ ।

रिलिजको पहिलो दिन साढे २ करोड कमाई गरेको प्रियंकाको फिल्मले शनिबार सुधार गर्दै ४ करोड कमाई गरेको छ ।

तर अघिल्लो बुधबार रिलिज भएको ऋतिक रोशन र टाइगर सराफको फिल्म वारको अगाडी प्रियंकाको फिल्म द स्काई इज पिंक फिका साबित भएको छ । प्रियंकाले लामो समयपछि बलिवुडमा आएको फिल्मले आशा गरे अनुसार कमाई गर्न सकेको छैन । प्रियंकाको बलिवुडमा सन् २०१६ मा प्रकाश झाको फिल्म जय गङ्गाजलमा अभिनय गरेकी थिइन्, जुन फिल्म बक्स अफिसमा फ्लप भएको थियो ।

फिल्म विश्लेषकहरुले खाराब रिभ्यु दिएका छन् भने फिल्म हेरेका दर्शकले पनि फिल्म खास राम्रो नभएको प्रतिक्रिया दिएपछि फिल्म फ्लप हुने संकेत देखिएको छ ।

अर्को तर्फ वारले रिलिजको ११औ दिनसम्म पनि शानदार कमाई गरिरहेको छ । वारले भारतमा अहिलेसम्म २५७ करोड ७५ लाख कमाई गरेको छ भने अहिलेसम्मका कैयौ रेकर्ड तोडेको छ । वारले रिलिजको दोस्रो शुक्रबार ७ करोड १० लाख र दोस्रो शनिबार ११ करोड २० लाख कमाई गरेको छ ।            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै