• २०८१ बैशाख १३ बिहीबार

ब्राजिल नाइजेरियासँग बराबरीमा रोकियो 

kharibot

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिल नाइजेरियासँग बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा ब्राजिल नाइजेरियासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

ब्राजिलका लागि कासामिरोले खेलको ४८औ मिनेटमा बराबरी गोल गरेर ब्राजिललाई हारबाट बचाएका थिए । नाइजेरियाका लागि खेलको ३५औ मिनेटमा जो अरिबोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

यस खेलमा पिएसजीबाट खेल्ने ब्राजिलियन स्टार खेलाडी नेइमार घाइते भएका छन् । नेइमार खेलको १२औ मिनेटमा नै घाइते भएपछि मैदान छोडेका थिए ।

कोपा अमेरिका जितेपछि खेलेका ४ मैत्रीपूर्ण खेलमा ब्राजिलले जित हासिल गर्न सकेको छैन ।  ४ खेलमा ब्राजिल एक हार बेहोरेको छ भने तीन खेलमा बराबरीमा रोकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै