• २०८१ बैशाख १३ बिहीबार

इक्वेडरको पोष्टमा अर्जेन्टिनाको आधा दर्जन गोल

kharibot

काठमाडौँ । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि गोलको बर्षा गरेको छ । गएराती सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

आफ्ना स्टार खेलाडीहरु लियोनेल मेसी, सर्जियो अग्युरो बिना खेलेको अर्जेन्टिनाले फराकिलो जित हासिल गरेको हो ।

अर्जेन्टिनाको जितमा लुकास ओकाम्पोस, निकोलस डोमीनगिएज, जर्मन पेजाल्ला, लीनड्रो परेडेज र लुकास अलरियोले एक एक गोल गरेका थिए भने एक गोल इक्वेडरका जोन जारिओले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै इक्वेडरका लागि एक गोल एन्जल मिनाले गरेका थिए ।

अर्जेन्टिना कोपा अमेरिकापछि खेलेका ४ खेलमा अपराजित रहेको छ । जसमा २ खेल बराबरी खेलेको छ भने २ खेलमा जित हासिल गरेको छ ।

अर्जेन्टिनाले अब अर्को खेल नोभेम्बर १८ मा पराग्वेविरुद्ध खेल्ने छ । यस खेलबाट हाल प्रतिबन्धमा रहेका मेसी टिममा फर्किने विश्वास गरिएको छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै