• २०८१ बैशाख १३ बिहीबार

डा. गोविन्द केसीले सरकारी सेवाबाट आजदेखि अवकाश पाउदै 

kharibot

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा. गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण आजदेखि अनिवार्य अवकाश पाउने भएका छन् । 

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी कार्यरत छन् । डा. केसीले आज सोमबारदेखि अवकाश पाउने भएका हुन् ।

यस अघि डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्ममिति भेटिएपछि विवादमा परेका थिए । डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ रहेको छ । सोही आधारमा नै अस्पतालले सोमबारदेखि अवकाश पाउने छन् ।

डा. केसीले चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ । चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए ।

अवकाश पाएपछि पनि डा. केसीले चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई जारी राख्ने संकेत दिएका छन् । डा. केसी निकट स्रोतका अनुसार अवकाश पाएको दिन अर्थात् सोमबार बिहान शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी सिफारिसका सम्बन्धमा विरोध जनाउँदै डा. केसीले दलीय भागवण्डा विरुद्ध अनशनको चेतावनी दिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै