• २०८१ बैशाख ८ शनिबार

चितवनमा गाडीको ठक्करबाट एकको मृत्यु

kharibot

भरतपुर । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।  

ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै