• २०८१ बैशाख १४ शुक्रबार

डा. केसीद्वारा सरकारलाई कार्तिक ८ सम्म माग पुरा गर्न अल्टिमेटम

kharibot

काठमाडौँ । डा. गोविन्द केसीको कार्तिक आठ गतेसम्म सरकारले आफ्नो मागहरु पूरा गर्न अल्टिमेटम दिएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै डा.केसीले कार्तिक ८ गतेसम्म आफ्ना माग पुरा नभए कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलनको  घोषणा गरेका छन् । 

डा. केसीले द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्नुपर्ने र संक्रमणकालीन न्यासम्बन्धी आयोगहरुमा पार्टी कार्यकर्ता नभई पीडितको विश्वास जित्ने मानिस नियुक्त गर्नुपर्ने माग सहित आन्दोलन गर्ने जानकारी दिएका छन् ।

उनले बारम्बार सरकारको ध्यानाकर्षण गराउदा पनि मागहरु पूरा नभएको र विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुको सट्टा कुटिलता र जालझेलपूर्वक विषयान्तर गरेको आरोप लगाएका छन् ।

डा. केसीका मागहरुः

१.    २०७५ साउन  १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने ।   

२.    विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने ।   

३.    आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण  रकम फिर्ता गर्नुपर्ने र अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ।

४.    संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज हुनुपर्ने । 

५.    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार तथा जनशक्ति नियुक्त हुनुपर्ने  र एम डि जि पी कार्यक्रम संचालन गर्न तुरुन्त स्विकृती दिँदै शीघ्र एम बि बि एस कार्यक्रम संचालन गर्ने व्यवस्था गर्नुपर्ने । प्रदेश नं दुई र चार तथा डोटी/डडेल्धुरा, उदयपुर र इलाम/पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने  ।

६.    संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गर्नुपर्ने ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा कार्यरत डा. केसीले आज सोमबारदेखि सेवानिवृत्त हुदै छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका उनले सरकारी सेवाबाट उमेरहदका कारण आजदेखि अवकाश लिदै छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै