• २०८१ बैशाख ४ मंगलबार

निकोन जेड-५० क्यामरा लन्च, फोर-के भिडियो रेकर्डिङसहित यस्ता छन् विशेषता

kharibot

काठमाडौँ । निकोन कम्पनिले नयाँ जेड सिरिजको जेड-५० क्यामेरा बजारमा ल्याएको छ ।

क्रप गरिएको सेन्सर एपीएस-सी मिरर लेस क्यामेरा पहिलोको जेड-सेभेन र जेड-सिक्स जस्तो फुल फ्रेम क्यामेराभन्दा पुरै भिन्न रहेको छ ।  

यो निकै नै स्लिम र हल्का हुनुको साथै जेड-माउन्टमा आधारित छ र फोर–केसम्म भिडियो खिच्न मिल्छ ।

आठ सय ६० अमेरिकी डलर पर्ने यो क्यामेरा नोभेम्बर देखी बजारमा उपलब्ध हुनेछ । कम्पनिले उक्त क्यामेराको लागी १६-५० एमएम एफ/३.५-६.३ भिआर र ५०-२५० एमएम एफ/४.५-६.३ भिआरको लेन्सहरु ल्याएको छ ।

निकोन कम्पनिले  क्यामेरा  हल्का र एर्गोनोमिक डिजाइनको कारण बोक्न सजिलो हुने बताएको छ । 

 यसमा जेड-सेभेन र जेड-सिक्सको जस्तै बटनहरु छ र म्याग्नेसियम-एलोए बडी छ  । क्यामेराको तल रहेको ३.२ इन्चको टच स्क्रिन डिस्प्ले, ओएलइडी भ्यु फाइन्डर, २.३६ मिलियन डट रिजोलुसन, पप अप फ्ल्यास र युएचएस-II स्पीडलाई सपोर्ट गर्न सिंगल कार्ड स्लट यस क्यामेराको विशेषता हुन् । यसबाट ११ एफ पी एस ब्रस्ट सट खिच्न सकिन्छ र चार-के रिजोलुसन ३० एफपीएसमा र १०८०पी रेजोलुसन १२० एफपीएसमा खिच्न मिल्छ । यसमा हेडफोन सकेटको सट्टा माइक्रोफोन इनपुट छ  ।

यस क्यामेरामा छ इमेज प्रोसेसर, १००-५१ र २०० आइएस ओरेन्ज, अटो फोकस अन-सेन्सर फेज डिटेक्सन र ग्यारेण्टी ३२० सट प्रति चार्ज छ । जेड-५० मा वाई फाई कनेक्सन ८०२.१ एसी छ भने सिधै स्मार्ट फोनमा कनेक्ट गर्नको निम्ति ब्लुटुथको फिचर पनि छ ।

निकोन कम्पनीको कार्यकारी उपाध्यक्ष जय भन्नाटरले यो क्यामेरा सानो भएता पनि निकोन जेड सिरिजको सबै भन्दा राम्रो प्रोडक्ट भएको बताएका छन् ।

निकोन जेड सिरिजको नयाँ निक्कर जेडडि एक्स लेन्सेस फोटो खिच्न तथा भिडियो लिन रुची भएका प्रयोगकर्ताको लागी क्रिएटिभ उपकरण हुने बताइएको छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै