• २०८१ बैशाख ६ बिहीबार

नेप्सेमा उच्च गिरावट : दशैंको ह्याङओभर अझै बाँकी 

kharibot

काठमाडौ । नेप्सेमा दशैंको ह्याङओभर अझै बाँकी देखिएको छ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले घटेकाछन ।

नेप्से १२ दसमलव पाँच अंकले घटेर ११ सय ३६ दसमलव ९६ बिन्दुुमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव ७६ अंकले घटेर दुई सय ४९ दसमलव १७ बिन्दुमा झरेको छ ।

एक सय ५४ कम्पनीहरुको तीन हजार चार सय तीन वटा कारोवारमा आठ लाख ३३ हजार सात सय ५३ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम २१ करोड ८६ लाख ३५ हजार छ सय ९१ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी समुहको सुचक घटेकाछन । यि मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दसमलव ४५ अंकले घटेर एक हजार ४४ दसमलव ४९ बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक ५३ दसमलव ६६ अंकले घटेर १७ सय ८९ दसमलव ११ बिन्दुमा झरेको छ ।

जलबिद्युत समुहको सुचक पनि नौ दसमलव सात अंकले घटेर नौ सय ३६ दसमलव ७४ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक ४९ दसमलव ५३ अंकले घटेर चार हजार दुई सय १३ दसमलव ९६ बिन्दुमा झरेको छ । यि बाहेक लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको राधी जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ८४ पैसाले बढेर एक सय ४५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ ४९ पैसाले घटेर ७२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रभु बैंकको प्रतिकित्ता दुई सय ६६ रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ६५ लाख ७३ हजार एक सय २५ रुपैयाँको कारोवार भएको छ ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै