• २०८१ बैशाख ७ शुक्रबार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा

kharibot

स्टकहोम । यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार छनौट समितिले भारतीय मुलका अर्थशास्त्री अभिजित बेनर्जी उनकी पत्नी एस्थर डफ्लो र माइकल क्रेमरलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको छ ।  

उनीहरुलाई विश्वको गरिबी कम गर्न दिएको प्रयोगात्मक दृष्टिकोणका लागि नोबेल पुरस्कार प्रदान गर्न लागिएको समितिले जनाएको छ ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई अर्थशास्त्र विज्ञानको बैंक अफ स्विडेन पुरस्कारले समेत चिनिन्छ ।

नोबेल पुरस्कारको राशि नौ लाख १८ हजार अमेरिकी डलर रहेको छ । यो पुरस्कार तीनै जना वैज्ञानिकलाई दामासाहीले बाँडिने नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।

यसअघि नै शान्ति, साहित्य, रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्र तर्फको पुरस्कार घोषणा गरिसकिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै