• २०८१ बैशाख ८ शनिबार

सीको स्वागतमा राखिएका फूल र ब्यानर हटाइए   

kharibot

काठमाडौँ ।  चिनियाँ राष्ट्रपति सी जीनपीङको स्वागतका लागि राखिएका फूलसहितका गमला हटाइएको छ ।

सरकारले राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मका विभिन्न ठाउमा फूलसहितका गमला राखेको थियो ।

राष्ट्रपति सी आइतबार स्वदेश फर्किएसँगै अहिले ती गमला उठाइसकिएको छ । काठमाडौँ महानगरपालिका स्रोतका अनुसार काठमाडौँका विभिन्न नर्सरीहरुबाट भाडामा ल्याइएका ति फूलसहितका गमला अहिले ति नर्सरीहरुले फिर्ता लागेका हुन् ।

उच्चस्तरीय भ्रमणका बेला मात्र काठमाडौँ सिगारिने गरेको आरोप लागिरहेका बेला राष्ट्रपति सी फर्केको अर्को दिन नै सडक छेउ राखिएका फुल उठाउनुले अहिले सामाजिक संजालमा सरकारको आलोचना भइरहेको छ । 

खरीबोटकर्मीले माइतीघरदेखि तिनकुनेसम्मका ठाउको अवलोकन गर्दा अधिकांश ठाउका फुलहरु उठाईसकिएको छ ।

अहिले सडकमा राखिएका फ्लेक्स बोर्ड, लाइट लगाएत अन्य सिंगारका सामग्रीहरु हटाउनेक्रम जारी रहेको छ ।

तीनकुने, माइतीघर मण्डला लगायतका ठाउँमा पार्क निर्माणका साथै गेट बनाउने, झिलिमिलि लाइट लगाउने काम नेपाल सरकारका विभिन्न निकायका साथै काठमाडौं महानगरपालिकाले गरेको थियो ।

महानगरपालिकाका प्रवक्ता इश्वर मान डंगोलले गमला राख्ने काम महानगरपालिकाले नगरेको बताएपनि गमला उठाइरहेकाहरुले भने महानगरले नै राख्न लगाएको बताएका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै