जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

खरीबोट

टोकियो । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । 

जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने देखिएको छ ।

खोजी तथा उद्धार कार्य जारी रहेको र कैयौ व्यक्तिहरु बेपत्ता तथा घाइते रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्नसक्ने अनुमान गरिएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूले विनासकारी आँधीपछि अझै १५ जना अहिलेसम्म पनि बेपत्ता रहेको जानकारी दिएका छन् । आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि सेना पनि परिचालन गरिएको बताइएको छ  ।

आँधीका कारण विभिन्न स्थानमा डरलाग्दो पहिरो गएको र पानीको सतह बढेका कारण नदी किनाराका घर डुबानमा परेका छन् । आँधीका कारण जापानमा भइरहेको लोकप्रिय रग्बीको विश्वकप प्रतियोगिता नै ओझेलमा परेको छ । 

आँधीका कारण तीनवटा खेल रद्द भइसकेका छन् तर जापान र स्कटल्याण्डबीचको खेल भने तोकिएको समयमै हुने आयोजकहरुले बताएका छन् ।

आँधीको बखत रक्षा सेना, प्रहरी र दमकलकर्मीहरू सञ्चालन गरिरहेका छन् ।  जापानको रक्षा मन्त्रालयले सोमबार बिहानसम्म करीब ३१,००० जनालाई उद्धार अभियान सञ्चालन गर्नका लागि परिचालन गरिएको जानकारी दिएको छ ।

आँधी कम भएपनि नागानोस्थित छिकुमा नदीको पानी आवासीय क्षेत्रमा पसेको र त्यहाँ बाढीको स्थिति उत्पन्न भएको उद्धारकर्मीले बताएका थिए ।

जापानी सेनाले मानिसलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिरहेका छन् । मानिसले घरका झ्याल र कौसीबाट उद्धारका लागि सेनालाई अनुरोध गरिरहेको देखिएको छ ।

नागानोमा एउटा बुलेट रेल माटोमा गाडिएको अवस्थामा आधा मात्र देखिएको दृश्य टेलिभिजनहरुले सोमबार पनि प्रसारण गरेका छन् । 

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो । प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सवैभन्दा शक्तिशाली आँधी मानिएको छ । 

सम्बन्धित समाचार

सिन्जो आवेले बनाए लामो समय प्रधानमन्त्री हुने किर्तिमान 

टोकियो । प्रधानमन्त्री सिन्जो आवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति बनेका छन् । उनी सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवेले बुधबारसहित जम्मा

जापानी दूतावासको सहयोगमा विद्यालय भवन निर्माण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको भवन निर्माण भएको छ। काठमाडौँस्थित जापानी राजदूतावासको सहयोगमा भौगोलिकरुपमा विकट र दुर्गम गाउँमा सुविधा सम्पन्न भवन निर्माण भएको हो। दूतावासको रु

जापानी राजदम्पत्ती राजकीय परेडमा सहभागी, नागरिकबाट भब्य स्वागत

टोकियो । सम्राट नारूहितोको गद्दी आरोहणको सन्दर्भमा आँधीका कारण स्थगित भएको राजकीय परेड आइतबार सम्पन्न भएको छ । गद्दी आरोहण कै प्रक्रिया अन्तर्गत जापानी राज परम्परा अनुसार हुने कवाजसहितको परेड दरबारबाट

युवा किक बक्सिङ : जापानी खेलाडीलाई हराउँदै घिमिरेको नयाँ इतिहास

काठमाडौँ । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को ऐतिहासिक सफलता प्राप्त गरेका छन् । ‘हिमाली चितुवा’ नामले परिचित घिमिरेले जापानमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आफ्ना जापानी प्रतिद्वन्द्वी खेलाडी


z