डाक्टर ड्युटीमा नबसेको भन्दै अस्पतालमा तोडफोड

खरीबोट

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज बिरामीका आफन्तले तोडफोड गरेका छन् । समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् । 

अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा ज्ञानेन्द्र झा र डा प्रनेश यादव अस्पताल नआएपछि आक्रोसित बिरामीका आफन्तले तोडफोड गरेको अस्पताल स्रोतले जनाएको छ ।

बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

यसैबिच अस्पताल प्रशासनले डा झा बिदामा रहेको र अर्का डा यादव आपत्कालीन कक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको जनाएको छ ।   
 

सम्बन्धित समाचार

अस्पताल भवन शिलान्यास

बनेपा । प्रदेश सरकारको आर्थिक सहयोगमा कोशीपारीको विकट चौरीदेउरालीको वडा नं ५ भालचौरमा १५ शैंयाको  अस्पताल निर्माण गरिने भएको छ। साविक धुसेनी शिवालय स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी निर्माण गर्न लागिएको सो अस्पतालका

अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ। पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुका भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ।    इमोरी युनिभर्सिटी अस्पतालमा

बलिवुडकी चर्चित गायिका लता मंगेशकर अस्पताल भर्ना

मुम्बई । बलिवुडकी चर्चित गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छन् । समाचार एजेन्सी पिटीआईका अनुसार गायिका मंगेशकरलाई स्वास फेर्न गाह्रो भएपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको छ । उनलाई

डा. केसीको स्वास्थ्य अस्पतालको क्षमता भन्दा बाहिर-डडेल्धुरा अस्पताल

डडेलधुरा । सात दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको डडेल्धुरा अस्पतालले जनाएको छ । स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइतबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले सुविधा सम्पन्न ठाउँमा लान


z