अक्टोबर ३१ मा नै ब्रेक्जिट बेलायती सरकारको प्राथमिकता : बेलायती महारानी

खरीबोट

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीय उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकताहरूलाई प्रस्ताव गरेकी छन् ।

उक्त कार्यक्रममा सरकारका प्रमुख एजेण्डामध्ये ब्रेक्जिट उच्च प्राथमिकतामा रहेको बताइएको छ । कार्यक्रममा महारानी एलिजावेथ द्वितीयले संसदलाई सम्बोधन गर्दै सरकारले प्राथमिकतामा राखेका यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट), फौजदारी दण्ड र सजायँ तथा वातावरणसम्बन्धी बिषयसमेत विभिन्न २६ वटा कार्यसूची घोषणा गरेकी छन् । 

बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा बहिर्गमनका लागि बहुमत आएको भएपनि ब्रेक्जिटका लागि पूर्व प्रधानमन्त्री टरिजा मे र जोनसनले गरेका प्रस्ताव बेलायती संसदमा अनुमोदन हुन सकेका छैनन् ।

“मेरो सरकारले संयुक्त अधिराज्यलाई इयूबाट अक्टोबर ३१ मा नै बर्हिगमन गराउनका लागि सधैँ उच्च प्राथमिकता राखेको छ,” त्रियानब्बे महारानी एलिजावेथले भब्य तथा शानदार गद्दीबाट सरकारी अधिकारीहरूले तयार पारेका शब्दहरूद्वारा संसदमा सम्बोधनका क्रममा बताईन् ।

“मेरो सरकारले यूरोपेली संघसँग भविष्यका लागि स्वतन्त्र व्यापार र मैत्रीपूर्ण नयाँ साझेदारीका कार्यहरू गर्न चाहिरहेको छ,” उनले भनिन् ।

इयूबाट बहिर्गमन सहमतिका लागि बनेका नीतिहरू बेलायती कानून अनुकुल प्रधानमन्त्री जोनसनले बहिर्गमनपूर्व ब्रसेल्ससँग यही महिनाको अन्त्यसम्ममा सहमति गर्न गरिएको प्रयास अनुरूप तयार भएका छन् ।

बेलायती कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री जोनसनले ब्रेक्जिट कुनै पनि हालतमा यही महिनामा हुनुपर्ने दोहोराउँदै आएका छन् ।

यदि जोनसनले इयूसँग आगामी बिहीबार सम्झौता गर्न सफल नभएमा सम्झौताहीन अवस्थामा बहिर्गमन भएर राजनीतिक सङ्कट आउन नदिनभन्दा थप केही समयका लागि प्रक्रियालाई लम्ब्याउने अनुमति लिनुहुने अनुमान विश्लेषकहरूले गरेका छन् ।
 

सम्बन्धित समाचार

ब्रेक्जिटमा ढिलाई भएको भन्दै प्रधानमन्त्री जोनसनद्वारा जनतासँग ‘क्षमा याचना’

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ मा नै यूरोपेली यूनियन (इयू) बाट बाहिरिने भनी गरेको प्रतिज्ञा पूरा गर्न नसकेकोमा बेलायती जनतासँग आइतबार क्षमा याचना गरेका छन् । त्यस्तै ब्रेक्जिट

तीन महिनाका लागि ब्रेक्जिट समय थप्न इयू सदस्य राष्ट्रहरू सहमत

ब्रसेल्स । यूरोपेली संघ (इयू) का २७ सदस्य राष्टहरूले बेलायतको इयूबाट हुने बहिर्गमन (ब्रेक्जिट) को मिति तीन महिना थप गर्न सहमत भएका यूरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बताएका छन् । इयूले

ब्रेक्जिट प्रस्ताव सांसदहरूद्वारा अस्वीकृत, प्रधानमन्त्री जोनसनलाई धक्का

लण्डन । बेलायतका प्रधानमन्त्रीले यूरोपेली यूनियन (इयू) सँग गत बिहीबार गरेको सहमति संसदबाट पुनः एक पटक पारित हुन नसकेको अधिकारीहरूले बताएका छन् ।  प्रधानमन्त्री जोन्सनको प्रस्ताव पारित हुन झिनो मतले नपुग्ने

ब्रेक्जिट सम्झौता अनुमोदनका लागि जोनसनको कसरत जारी

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौता अनुमोदनका लागि शुक्रबार अर्थपूर्ण पहल थालेका छन् । बेलायती संसदको तल्लो सभा ‘हाउस अफ कमन्स’मा शनिबार ब्रेक्जिट सम्झौताका लागि हुने महत्वपूर्ण मतदानमा केही


z